काठमाडौं । र्याप, हिपहप र आरएनबी गीतसंगीत युवा माझ हाल लोकप्रिय बनेका छ । यही गीतसंगीतलाई युवा माझ भिजाउन २०५५ सालमा तत्कालिन केएटिएच एफएमले स्थापना कालदेखिनै सांगितीक रेडियो कार्यक्रम पनि सुरु गरेको थिया । जुन हालसम्म पनि ईमेज एफएम ९७.९ मा निरन्तर चलिरहेको छ ।
र्याप, हिपहप र आरएनबी गीतसंगीत युवा माझ छुटै पहिचान बनेको छ । यसले नेपालमा समेत लोकप्रियता हासिल गर्दे गएको देखिन्छ । तर यस गीतसंगीतलाई युवा माझ पुयाउन र मनोरञ्जन दिन ईमेज एफएमको पनि महत्वपूर्ण भुमिका रहेको छ । २६ वर्ष अघि तत्कालिन केएटिएच ९७.९ एफएमको स्थापना सँगै नेपालकै पहिलो हिपहप सांगीतिक कार्यक्रर्म ब्रिङ्ग द हाउस डाउन विथ निर्णय एनएसके’ प्रसारण हुदै आएको छ । यसै संस्थाको प्रस्तुति हाल ईमेज एफएममा हिपहपको दुनियालाई युवा र संगीत मन पराउनेहरु माझ मनोरञ्जन प्रदान गर्र्न हरेक शुक्रवार बेलुका यो कार्यक्रम निरन्तर प्रसारण हुदै आएको छ ।
यस कार्यक्रमका प्रस्तोता नेपालका एक वरिष्ठ हिपहप ¥यापर तथा संचारकर्मी निर्णय श्रेष्ठ हुनुहुन्छ । जसले शुरुवाती दिनमा आफैले स्वीचिङ र मिक्ससिङ गरेर कार्यक्रम संचालन गर्नुभएको हो । हाल श्रेष्ठको सो कार्यक्रम सहिर्त स्याटर डे मेल्ट डाउन’ संञ्चालन भइरहेको छ । साढे दुई दशक यो कार्यक्रम ईमेज एफएममा चल्न सक्नु नै सफलता भएको श्रेष्ठले बताउनुभयो ।
आफु ८ वर्ष उमेरका बेला देखिनैे ईमेज एफएममा हिपहप सांगीतिक सुनिरहेको बताउदै ¥यापर शेखरकुमार बाग्र्ले निर्णय एनएसक’े आफनो रोल मोडेल भएको बताउनुहुन्छ ।
वल्र्डबुक अफ रेकर्ड लण्डन, नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवाल यसप्रकारको हिपहप आइकन कार्यक्रमहरुमा विज्ञापन क्षेत्रले सहयोग गरेर निरन्तरता दिन सक्नु पर्ने बताउनुहुन्छ ।
एफएमको श्रोता कम नभएको दावी गर्दे हिपहप ¥यापर श्रेष्ठ कार्यक्रमको निरन्तर संचालनमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुहुन्छ ।
मिडिया क्षेत्रको अहिलेको विषम परिस्थितिमा यसप्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिन नै प्रमुख चुनौति बनेको छ । त्यसैले यस्ता चुनौतिको सामना गरेर अगाडि बढनुको विकल्प पनि छैन ।
प्रतिक्रिया दिनुहोस्