Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


चलचित्र ‘माया भनेकै यस्तो होला’ को तीज गीत सार्वजनिक

चलचित्र भदौ २६ गतेदेखि प्रदर्शनमा आउने

0
Shares

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को तीज गीत सार्वजनिक भएको छ।

‘नक्कल पारी’ बोलको गीतमा शान्तीश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेकाे हाे। संगीत पनि प्रशान्त शिवाकोटीकै छ । गीतमा सुष्मा सिग्देलको शब्दरचना रहेकाे हाे। गीतमा पछिल्लो समय तीजलाई संस्कृति भन्दा पनि देखाउने माध्यम बन्दै गएको यथार्थ चित्रण छ। पहिरन र गहनामा अरुको देखासिकी गर्ने प्रवृत्ति हावी हुँदै गएको कटु यथार्थलाई गीतले देखाउने प्रयास गरेको हाे ।

भिडियोमा पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह र दिल श्रेष्ठको नृत्य रहेकाे छ । रेखा थापाको निर्देशन रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका रहेकाे हाे।

ध्रुव लम्सालको पटकथा लेखन रहेको चलचित्र यहि भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएकाे छ । चलचित्रमा सुदीप बरालको छायांकन रहेकाे हाे।

Skip This