काठमाडौं । चलचित्र ‘बेहुली’को सशक्त ट्रेलर सार्वजनिक गरिएको छ।
यहि भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरमा प्रेम, पारिवारिक सम्बन्ध, मित्रता र अवरोध रहेकाे हाे। पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबीचको प्रेमको केमेस्ट्रीले ट्रेलरमा प्राथमिकता पाएको छ। ८ वर्षपछि कमब्याक गरेका अभिनेता सुशान्त कार्कीलाई प्रहरीको भूमिकामा देखिएका छन् ।
ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका निर्माता अर्जुन पोखरेलले चलचित्रले बक्स अफिसमा गर्ने कूल कमाइबाट निर्माताको भागमा पर्ने सम्पूर्ण रकमको पाँच प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा प्रदान गरिने बताएका हुन् ।
सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको चलचित्रमा पारस, दिव्या, सुशान्तसँगै पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी र विशाल पहारी लगायत मुख्य भूमिकामा रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्