काठमाडौं । चलचित्र ‘पेन्सन पट्टा’ को गीत ‘ऐना हेरेर, कपाल कोरेर’ आइतबार सार्वजनिक गरिएको छ।
प्रेमको भावनालाई केन्द्रमा राखिएको गीतमा सुरज तमुको शब्द तथा संगीत रहेकाे हाे। सुरजसँगै शान्तिश्री परियारको स्वर रहेको छ। गीतको भिडियोमा अभिनेता मनोज गुरुङ र अनुशा राईको अभिनय देख्न सकिन्छ । गीतले ‘पेन्सन पट्टा’मा रहेको प्रेम र सम्बन्धको पक्षलाई समेत संकेत गरेको छ।
बाहिरबाट लाहुरे जीवन पेन्सन, प्रतिष्ठा, सुख–सुविधासँग जोडिए पनि त्यसको भित्री जीवनमा रहेका पारिवारिक सम्बन्ध, प्रेम, त्याग, विछोड र भावनात्मक संघर्ष फिल्मको कथाको महत्वपूर्ण हिस्सा रहेको निर्माण पक्षले जनाएको हाे।
माओत्से गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ र अनुशा राई लगायत कलाकारको अभिनय रहेकाे छ ।
चलचित्र यहि भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएकाे हाे।









प्रतिक्रिया दिनुहोस्