१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


सिरियामा रहेका नेपाली सेना सुरक्षित


871
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले प्रेस विज्ञप्ति जारी गर्दै सिरियामा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको जानकारी दिएको हो ।

इस्लामी विद्रोही समूह हयात तहरिर अल साम (एच.टी.एस) ले सिरियामा सत्ता कब्जा गरिसकेको अवस्थामा यही मंसीर २२ गते संयुक्त राष्ट्र संघको मिसनमा तैनाथ नेपाली शान्ति सैनिक रहेको हदारस्थित सुरक्षा पोस्टमा हतियारधारी समूह जबरजस्ती प्रवेश गरेको थियो ।

उक्त सुरक्षा पोस्ट लगायत सिरियामा तैनाथ विभिन्न स्थानमा रहेका सबै नेपाली शान्ति सैनिक सुरक्षित अवस्थामा रहेको सेनाले जनाएको हो । यद्दपी उनीहरुलाई स्वदेश फर्काउने कि सिरियामा नै तैनाथ गर्ने भन्ने विषयमा भने सेनाले स्पष्ट पारेको छैन ।