१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


मेरो इमान र निष्ठामाथि धावा बोल्नेविरुद्ध कानूनी लडाईं लड्छु : पर्यटनमन्त्री पाण्डे


1.768k
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रिप्रसाद पाण्डेले आफ्नो इमान र निष्ठामाथि धावा बोल्ने काम भएको भन्दै कानूनी लडाईं लड्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहनुभएका पर्यटनमन्त्री पाण्डेमाथि कांग्रेसकै सांसद राजैन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाउनुभएको थियो । सोहीबारेमा स्पष्टीकरण दिँदै मन्त्री पाण्डेले केही मानिसहरुले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताउनुभयो ।

पर्यटनमन्त्री पाण्डेले नाजायज लाभबाट आफ्नो व्यक्तित्व विकास गर्न खोज्नेहरुले आरोप लगाएको बताउनुभयो । इमान, निष्ठा, इज्जत र प्रतिष्ठा नभएकाहरुले आफ्नो इमान्दार प्रयासलाई मान मर्दन गर्नेगरी मनोबल गिराउन आरोप लगाएको बताउनुभयो । पर्यटन क्षेत्रलाई फेरि हिलो पानीमा माछा मार्ने क्षेत्रकै रुपमा राखिराख्न र त्यसमा आफू सफल हुन तथा नाजायज फाइदा लिन यस किसिको आरोप लगाइएको बताउनुभयो । यसबारेमा आफूले सरकार, पार्टीलाई पनि जानकारी गराउने र कानूनी लडाईं पनि लड्ने बताउनु भयो ।

बुधबार कुरा गर्दै पर्यटनमन्त्री पाण्डेले इमान्दार मान्छेहरुले नैतिकताको बाटोबाटै संघर्ष र प्रतिवाद गर्नसक्ने उहाँको भनाइ छ । सरकार र पार्टीलाई केही नराम्रो गरेको छ भन्ने लागेको भए आफूमाथि छानविन गर्न पनि आग्रह गर्नुभयो । आफूबाट जानेर÷नजानेर कुनैपनि खालको कमजोरी भएको भए सरकार पार्टीबाट बाहिरिने घोषणा गर्नुभयो । मन्त्री पाण्डेले आकाशलाई सुरक्षित गर्न, जिडिपी बढाउन र पर्यटन प्रवद्र्धनका लागि आफूले सक्दो पहल गरिरहेको बताउनुभयो ।

मन्त्री पाण्डेले आफू स्वच्छ राजनीतिक चरित्रबाट अहिलेसम्म अघि बढिरहेको बताउनुभयो । उहाँले गलत कामहरु हुन नदिने र राम्रा कामहरु रोक्न नहुने पक्षमा आफू रहेको बताउनुभयो । उहाँले देशले अहिले भोग्नुपरेको सुशासनको समस्या समाधानका लागि वर्तमान सरकार र आफूले काम गरिरहेको बताउनुभयो ।

पर्यटनमन्त्री पाण्डेले आफूसँग निष्ठा र इमान बाहेक अन्य राजनीतिक सम्पती नरहेको बताउनुभयो । उहाँले निष्ठाको तागतलाई बलियो बनाउने ध्येयका साथ आफूले काम गरिरहेको बताउनुभयो ।

मन्त्री पाण्डेले देशलाई विकास र समृद्धितिर अघि बढाउन खोज्दा मान मर्दन गर्नेहरु सल्बलाएको बताउनुभयो । उहाँले देशलाई,मन्त्रालयलाई र पर्यटन क्षेत्रलाई घाटा पु¥याउने कुनैपनि आवरणका विचौलियाहरुबाट सुरक्षित राख्ने जिम्मेवारी आफूलाई रहेको बताउनुभयो ।