२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


भारतमा पोखरीमा डुबेर ४६ को मृत्यु


845
Shares

एजेन्सी । भारतमा हिन्दू धार्मिक पर्व मनाउने क्रममा पोखरीमा डुबेर ४६ जनाको मृत्यु भएको छ ।

डुबेर मृत्यु हुनेमा ७ महिला ३७ बालबालिका रहेका छन् । अविरल वर्षासँगै आएको बाढीले पोखरीमा डुबेर पछिल्लो २४ घण्टामा १५ जिल्लाका गरी ४६ जनाको मृत्यु भएको हो ।

भारतमा ३ दिनसम्म मनाइने जीवित पुत्रिका पर्वका अवसरमा नुहाउने क्रममा उनीहरुको डुबेर मृत्यु भएको हो । हालसम्म ४६ जनाको शव फेला परेकोमा अन्य पनि डुबेको हुनसक्ने आशंकामा खोजीकार्य भइरहेको छ ।

अविरल वर्षासँगै आएको बाढीबाट सचेत रहन जारी गरिएको अपिलको बेवास्ता गरेकाले यस्तो घटना भएको भारत सरकारले जनाएको छ ।

यसैबीच भारतको राज्य सरकारले पीडित परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउने घोषणा गरेको छ ।