१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


प्रधानमन्त्री ओली र मोदीबिच भेटवार्ता


611
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज न्युयोर्कमा भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओेली र मोदीबीच आज बिहान भेटवार्ता भएको हो । ओली प्रधानमन्त्री भएपछि दुई देशका प्रधानमन्त्रीबिच भएको यो पहिलो भेटवार्ता हो ।

परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर, प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल र दुवै देशका परराष्ट्र सचिवहरु सेवा लम्साल र विक्रम मिश्री, परराष्ट्रका प्रवक्ता अमृत राई र न्युयोर्कस्थित राष्ट्र संघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा पनि पनि भेटवार्तामा सहभागी भएको बताइएको छ ।

भेटवार्ताका क्रममा दुई देशका बीचमा देखिएका कतिपय संशय र अष्पष्टतालाई कुटनीतिक संयन्त्र बनाएर समाधान गर्ने सहमति भएको छ । यस्तै प्रधानमन्त्री ओलीले भुटानका प्रधानमन्त्री छिरिङ्ग तोग्बे, कतारका राजकुमार शेख सबाहसँग पनि भेटवार्ता गरेको जनाइएको छ ।