१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


भारतका प्रधानमन्त्री मोदी आज युक्रेन जाँदै


0
Shares

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज युक्रेन भ्रमणमा जाँदै हुनुहुन्छ । रुसी राजधानी मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेको केही सातापछि भारतीय प्रधानमन्त्री मोदी युक्रेनको किभ पुग्न लाग्नुभएको हो ।

गत जुलाईमा मोदीले रुस भ्रमण गर्दा युक्रेन तथा अन्य पश्चिमा देशहरुले उनको चर्को आलोचना गरेका थिए । यसपटक युक्रेन भ्रमण गरेर मोदीले आफ्नो परराष्ट्र नीति र सम्बन्धलाई सन्तुलित बनाउन खोजेको बताइएको छ । किभ भ्रमणमा मोदीले रुस–युक्रेन युद्ध अन्त्यको पहल गर्नुहुने बुझिएको छ ।

भारतीय प्रधानमन्त्रीको यो पहिलो युक्रेन भ्रमण हो । रुससँग बलियो सम्बन्ध भएको भारतले युक्रेन युद्धमा अहिलेसम्म रुसको आलोचना गरेको छैन । सैन्य तथा रक्षा उपकरण र तेल आयातमा भारत रुससँग निर्भर हुँदै आएको छ ।