१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


इमरान खानको पार्टीमाथि प्रतिबन्ध


0
Shares

एजेन्सी । पाकिस्तान सरकारले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी तहरीक–ए–इन्साफ पीटीआईमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

सो पार्टीका अध्यक्ष इमरान खानलगायत अन्य सदस्यहरु विरुद्ध कारवाही गर्न मागसहित पार्टीमाथि प्रतिबन्ध लगाउन पाकिस्तान सरकार सर्वोच्च अदालत पुगेको हो ।

पाकिस्तान सरकारमा संलग्न दलहरूले पाकिस्तान तहरीक–ए–इन्साफको आरक्षित सिटहरूका सम्बन्धमा सर्वोच्च अदालतको निर्णयको विरुद्धमा पुनः पुनरावेदन दायर गर्ने बताइएको छ ।

पीटीआईमाथि तालिबानलाई पाकिस्तानको क्षेत्रमा ल्याएको र देशविरुद्ध षड्यन्त्र रचेको आरोप लागेको छ । पीटीआईलाइ दिइएको विदेशी अनुदानमा भारतीय र इजरायली कोष समेत समावेश भएकोमा दुरुपयोग गरेको भन्दै यो पार्टी गैरकानुनी भएको सरकारको ठहर छ ।

देश विद्रोही कार्यमा संलग्न सबैलाई कानुनी कारवाही गरिने र राहदानी जफत लगायत कडा कारवाही गरिने पनि बताइएको छ ।