काठमाडौं । पहिरोमा परेर कास्कीमा २ जनाको मृत्यु भएको छ । मंगलबारबाट परेको वर्षाले पहिरो जाँदा मादी गाउँपालिकाकी १३ वर्षीया आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राति करिब २ बजे घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेका बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । ७० वर्षीया हजुरआमा लालमाया बञ्जारालाई सकुशल उद्धार गरिए पनि नातिनी रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यसैगरि पहिरोमा परेर पोखरा–२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोबाट हरिकी श्रीमती २७ वर्षीया रितु सुनार घाइते भएकी छन् ।
प्रतिक्रिया दिनुहोस्