११ असार २०८१, मंगलबार | Tue Jun 25 2024


गाजामा आक्रमण : ५ इजरायली सैनिकको मृत्यु, ७ घाइते


1.001k
Shares

एजेन्सी । उत्तरी गाजा स्ट्रिपको जबलिया शरणार्थी शिविरमा इजरायलले गरेको गोलीबाट पाँच इजरायली सैनिकको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । जसमध्ये तीनजना गम्भीर रहेको इजरायल रक्षा बल (आईडीएफ) ले जनाएको छ ।

शरणार्थी शिविरमा पुनः शुरु गरिएको आक्रमणको एक भागको रूपमा गाजा शहरमा प्रवेश गर्ने र भवनहरू कब्जा गर्ने बलको साथमा आक्रमण भएका थिए ।

सेनाले ती सैनिकहरूलाई प्यालेस्टाइनी लडाकु भनेर गलत पहिचान किन गरियो भन्ने अनुसन्धान भइरहेको बताएको छ । हमासले अक्टोबर ७ मा गरेको आक्रमण र गाजामा इजरायलले गरेको आक्रमणमा कुल ६२६ सैनिक मारिएका छन् ।