१० जेष्ठ २०८१, बिहिबार | Fri May 24 2024


भारतमा आजबाट आमनिर्वाचन हुँदै


988
Shares

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ ।

शुक्रबार आज पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेश गरी १ सय २ सिटको लागि मतदान हुनेछ । तमिलनाडुकोे सबै ३९ सिटमा पहिलो चरणमा निर्वाचन हुँदैछ ।

यस्तै उत्तर प्रदेशका ८, उत्तराखण्डका ५ र पश्चिम बंगालका तीन लोकसभा सिटका लागि पनि पहिलो चरणमा मतदान हुने कार्यक्रम छ । राजस्थानका १२ सिटका लागि पनि आजै मतदान हुनेछ ।

अरुणान्चलका २, असमका ५, बिहारका ४, छत्तीसगढका १, मध्य प्रदेशका ६, महाराष्ट्रका ५, मणीपुरका २, मेघालयका २, मिजोरम, नागाल्याण्ड, त्रिपुरा, सिक्किम, जम्मु काश्मीर, लक्षदीप, अण्डमान, निकोबार र पुण्डुचेरी हरेकमा एक सिटका लागि आज मतदान हुँदैछ ।

भारतको यो निर्वाचनलाई विश्वभर निकै चासोका साथ हेरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि बहुमत जुटाउने अभियानमा रहेका छन् भने विपक्षी भारतीय कांग्रेसका नेता राहुल गान्धी मोदीको विरासत तोड्ने अभियानमा छन् ।