२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी स्वदेश फिर्ता


390
Shares

काठमाडौं । चीनको हाङझाउ शहरमा भएको १९ औं एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी स्वदेश फर्किएका छन् ।

मंगलबार खेलाडी स्वदेश फर्किएका हुन् । कराते र कबड्डीमा विजयी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव प्रकाश कुसारी, राखेपका प्रशासन विभागका प्रमुख प्रेम मल्ल, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्यसचिव युवराज लामा लगायतका पदाधिकारी पुगेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कराते खेलाडी एरिका गुरुङ्गले आगामी दिनमा यस भन्दा माथि जनका लागि लिग र अन्य फरक फरक खेलहरुमा सहभागिता जनाउँदै आफूलाई अब्बल बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले आगामी दिनमा झनै राम्रो गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।

एशियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलमा कराते खेलाडी एरिका गुरुङ्गले रजत र कबड्डी टोलीले कास्य पदक प्राप्त गरेको थियो ।