Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


फिफा विश्वकप फुटबलमा न्युजिल्यान्ड र इरानबीचको रोमाञ्चक खेल बराबरीमा


13
Shares

काठमाडाैं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेलेका छन्।

अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस रङ्गशालामा मंगलबार बिहान भएको खेलको अन्तिममा दुवै टोलीले आक्रामक रुपमा खेले पनि थप गोल हुन नसकेकाे हाे। खेलको ८५ औँ मिनेटमा इरानले न्युजिल्यान्डको पेनाल्टी बक्स वरपर लगातार दबाब बढाउँदै गोल गर्ने प्रयास गरेको थियो। सोही क्रममा बल इरानी खेलाडी साइद एजातोललाहीको नियन्त्रणमा पुगेको थियो। उनले डिबक्स बाहिरबाट प्रहार गरेको प्रहार क्रसबारको निकै माथिबाट बाहिरिएपछि इरानले खेलमा अग्रता लिने सुन्दर मौका गुमाएकाे हाे।

राजनीतिक रूपमा तनावपूर्ण सम्बन्ध रहेका आयोजक राष्ट्र अमेरिका र इरानबीचको यो भिडन्त निकै गम्भीर माहोलमा खेलिएको थियो। महिनौं लामो युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएसँगै दुई देशबीच खेल शुरु भएको हो।

खेलको शुरुवाती समयमा न्युजिल्यान्डले अग्रता लिए पनि इरानले उत्कृष्ट पुनरागमन गर्दै खेललाई २-२ गोलको बराबरीमा सकेको थियाे।