Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


फिफा विश्वकप फुटबलमा फ्रान्सकाे सेनेगलमाथि सहज जित

सेनेगल भने ३-१ गोल अन्तरले पराजित

13
Shares

काठमाडौं । फिफा विश्वकप फुटबलमा सेनेगलविरुद्धको खेलमा फ्रान्स विजयी भएको छ ।

अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा मंगलबार बिहान सम्पन्न भएको खेलमा फ्रान्सले सेनेगललाई ३-१ गोलले पराजित गर्दै विजयी भएको हो । फ्रान्सका लागि कप्तान क्लेइन एम्बाप्पे र ब्राड्ली बाराकोलाले गोल गरेका थिए । खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६८औं मिनेटमा एम्बाप्ले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको ८२ औँ मिनेटमा फ्रान्सका ब्राड्ली ब्राकोलाले गोल थपेका हुन् ।

खेलको इन्जुरी टाइमा सेनेगलका इब्राहिम बायले गोल फर्काएका थिए । त्यसको केही समयमै एम्बाप्ले अर्को गोल गरेका थिए । उनले विश्वकपमा फ्रान्सका लागि १४ गोल गर्दै रेकर्ड बनाएका छन् । उनले जस्ट फन्टेनको १३ गोलको रेकर्ड तोड्दै फ्रान्सबाट सबैभन्दा बढी गोल गर्ने खेलाडीको रेकर्ड बनाएका छन् ।

धेरै गोल गर्ने फ्रान्सेली अन्य खेलाडीमा थिएरी हेनरी ६ गोलसहित तेस्रो भएका छन् । त्यस्तै, जिनेडिन जिडान, मिचेल प्लेटिनी र ओलिभर जिरार्डले समान पाँच गोल गरेका छन् । भने रेम्न्ड कोपा, डोमिनिक रोचेटु र एन्टोनी ग्रिजम्यानले समान चार गोेल गरेका हुन् ।