२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


भोजपुर गोल्डकप : रुपन्देहीलाई पछि पार्दै क्यामरुन फाइनल प्रवेश


0
Shares

गोकुल भुजेल
भोजपुर। भोजपुरको सदरमुकाममा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तरगत अन्तिम सेमी फाइनल खेलमा रुपन्देहीलाई पछि पार्दै क्यामरुन फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा एभिनर क्यामरुन भर्सेस गोर्खा व्याइज रुपन्देहीविच भएको खेलमा ३–० गोल अन्तरले पछि पार्दै क्यारुन विजयी भएको हो ।

क्यामरुनका जर्सी नं १३ का मेस्सीले खेल सुरु भएको ३४ मिनेटमा पहिलो गोल गरेका थिए । क्रमश जर्सी नं १० का टिम्बाले ३९ मिनेट र जर्सी नं ४ का बोयोमो ले ६८ मिनेटमा गोल गर्दै क्यामरुनलाई फाइनलमा प्रवेश गराएका थिए ।

निर्धारित समयमा गोर्खा व्याइज रुपन्देहीका खेलाडिहरुले गोल गर्न नसकेपछि क्यामरुन विजयी भएको हो । खेलको म्यान अफ द म्याच क्यामरुनका टिम्बा भएका छन् ।

प्रतियोगिताको फाइनल खेल चैत्र १६ गते बिहीबार आयोजक जिल्ला फुटबल संघ भोजपुर भर्सेस एभिनर क्यामरुनबीच हुने जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयाे ।

नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख पाउने छन् भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था छ ।