८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


चलचित्र ‘हुक्का’ को पोस्टरमा तेज र अशु


26
Shares

काठमाडौं । भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारेर चलचित्र ‘हुक्का एन :एब्जर्ड ड्रिम’ को पोस्टर सार्वजनिक भएको छ ।

आगामी चैत ३ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको सार्वजनिक पोस्टरमा तेज गिरी र अशु न्यौपाने प्रेमिल भावमा प्रस्तुत छन् । सार्वजनिक पोस्टरमा अशुको सिउँदोमा सिन्दूर र गलामा पोते देखिएकाले चलचित्रमा तेज र अशु श्रीमान् श्रीमतीको भूमिकामा रहेको बुझिएको छ ।

निर्देशक शम्भु थापाद्वारा निर्देशित चलचित्रमा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन रहेको छ ।

चलचित्रमा तेज र अशुकोअलवा प्रमिला खनाल, प्रकाश घिमिरे, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक र सन्तोषकुमार आत्रेयको अभिनय रहेको छ ।

चलचित्र स्पाइनी बाबलर क्रियसनले ह्यासट्याग नेपालसँगको सहकार्यमा निर्माण गरिएको हो ।