Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष गुरूङको निधन


507
Shares

नवीन कुमार शर्मा
दैलेख । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ ।

शुक्रबार उपचारको क्रममा अध्यक्ष गुरुङको जिल्ला अस्पतालमा निधन भएको हाे । बिहिबार मुटु दुःखन थालेपछि जिल्ला सदरमुकाममा ल्याइएको थियो। स्थानीय मेडिकलले अवस्था सामान्य भनेपछि बिहिबार राति नै गुरुङलाई घरमा लगिएकाे थियाे । शुक्रबार बिहान पुनः मुटु दुखेपछि गुरुङलाई सदरमुकाम ल्याइएको थियो । उहाँलाई अस्पताल पुर्याउन लाग्दा हृदयघात भएको थियो।

शुक्रबार बिहान ११ बजेर ३६ मिनेट जाँदा अस्पतालले गुरुङलाई मृत घोषणा गरेको थियो। २०७९ सालको निर्वाचनमा गुरुङ नेपाली कांग्रेसबाट महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएकाे थियाे । ७५ वर्षीय गुरुङ कर्णाली प्रदेशका पालिका प्रमुख मध्ये जेष्ठ सदस्य समेत हुनुहुन्छ।

नेपाली कांग्रेस दैलेखले स्वर्गीय गुरुङलाई पार्टी कार्यालयमा श्रद्धाञ्जली दिने कार्यक्रम राखिएको सभापति मणिराम रेग्मीले जानकारी दिनुभएको छ।

Skip This