Logo ५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026


नेपाल टी-२० लिगमा स्पट फिक्सिङ प्रकरणमा दुई क्रिकेटर पक्राउ


364
Shares

काठमाडाैं । नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङ प्रकरणमा दुई क्रिकेटर पक्राउ परेका छन्।

पक्राउ पर्नेमा आदिल अन्सारी र मेहबुब आलम रहेको सीआईबीका एक प्रहरी अधिकृतले बताउनुभयाे।

केन्द्रीय अनुसन्धान ब्युरोद्वारा खटिएकाे प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

गत महिना भएको टी-२० लिग सुरुदेखि नै विवादमा परेको थियो। नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको लिगमा स्पट फिक्सिङ भएको भन्दै कमेन्टेटर सचिन तिमिल्सेनाले लिग छाड्नु भएकाे थियाे।

यस्तै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलपछिको पत्रकार सम्मेलनमा आफ्नो टिमका खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गर्नुभएकाे थियाे।

सुरूदेखि नै विवादमा परेको लिगमा स्पट फिक्सिङ भएको भन्ने उजुरीपछि सिआइबीले अनुसन्धान गरिरहेको छ।