Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


नेपाल टी-२० लिगमा फिक्सिङ भएको सीआईबीको दाबी


91
Shares

काठमाडौं । नेपाल टी – २० लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रारम्भिक निष्कर्ष निकाल्दै दाबी गरेकाे छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी २० लिगमा प्रतियोगिता सुरुवातदेखि नै बेटिङ र फिक्सिङ भएको सीआईबीले प्रारम्भिक निष्कर्ष निकाल्दै दाबी गरेकाे हो ।

४० जना खेलाडीसँग सीआईबीले सोधपुछ गरेको छ । प्रतियोगितामा फिक्सिङ भएको आशंकामा सीआईबीले विदेशी र नेपाली खेलाडीसँग सोधपुछ गरेको हो ।

सुरुमा कमेन्ट्री टिममा रहेका सचिन तिमल्सिनाले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै लिगमा आफूले स्पट फिक्सिङको अनुभव गरेको बताएका थिए । र, प्रतियोगिताबाट बाहिरिने घोषणा गरेका गर्नुभएकाे थियाे ।

त्यसपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक सदस्यलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गर्नुभएकाे थियाे । ज्ञानेन्द्रले खेलाडी र प्रस्तावक को थिए भन्नेबारे खुलाउन चहानु भएन। यसबारे आफूहरूले एन्टी करप्सन युनिट एसीयूमा उजुरी गरिसकेको उहाँले बताउनु भएकाे थियाे ।

गृह मन्त्रालयले शनिबार मात्र फिक्सिङको विषयमा छानबिन गर्न सीआईबीलाई निर्देशन दिएको थियो ।