Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न (विज्ञप्तिसहित)

३ जना भाग्यशाली विजेतालाई सुनको बल हस्तान्तरण

130
Shares

काठमाडाैं । एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा
सुन’ अभियान सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ।

अभियान अन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन जना भाग्यशाली विजेतालाई काठमाडौंस्थित भाटभटेनी सुपरमार्केट, कलंकी परिसरमा आयोजित विशेष समारोहबीच सुनको बल हस्तान्तरण गरिएको हो । अभियान अन्तर्गत पहिलो विजेता प्रमेश केसी, दोस्रो विजेता तिप्सिका राणा तथा तेस्रो विजेता सबिना थापालाई जनही ३ दशमलव ५ तोला सुनको गोल्डेन बल प्रदान गरिएको छ ।

विश्वकप फुटबलको रोमाञ्चलाई नेपाली उपभोक्तासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘स्क्यानमा सुन’ अभियानमा देशभरबाट १ लाख २० हजार भन्दा बढी उपभोक्ताको सहभागिता रहेको थियो। एक्सट्रिम इनर्जी ड्रिंकको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी उपभोक्ताहरू लक्की ड्रमा सहभागी भएका थिए । पुरस्कार ग्रहणपछि तीनै जना विजेताहरूले एक्सट्रिम इनर्जी ड्रिंकप्रति आभार व्यक्त गर्दै कम्पनीले आगामी दिनमा पनि यस्तै नवीन, आकर्षक तथा उपभोक्तामुखी अभियानहरू सञ्चालन गरिरहोस्भ न्ने अपेक्षा व्यक्त गरेका थिए ।

सोही समारोहमा एक्सट्रिम इनर्जी ड्रिंक र भाटभटेनी सुपरमार्केटको सहकार्यमा सञ्चालन गरिएको विशेष बाइक उपहार योजनाको लक्की ड्रसमेत सार्वजनिक गरिएको थियो। उक्त योजना अन्तर्गत समीर चन्द्र शर्मा पौडेल भाग्यशाली विजेताका रूपमा घोषित भएका छन् ।