Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


पोखरामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको निधन


273
Shares

काठमाडाैं । पोखरामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

घट्टेखोलाबाट पोखरातर्फ जाँदै गरेको ग १४ प २५१७ नम्बरको मोटरसाइकल पोखरा महानगरपालिका-२५, हेम्जा म्याग्दी चोकस्थित सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो। म्याग्दी धौलागिरी गाउँपालिका–२, लुलाङ बस्ने १६ वर्षीय अनिल बिकको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो।

Skip This