Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


एशियन गेम्समा पदक जित्ने लक्ष्यमा कराँतेका काता टोली


0
Shares

काठमाडाैं । नेपाली खेलकुदमा पछिल्ला समय उत्कृष्ट नतिजा दिँदै आएको कराते विधलाई आगामी २० औं एशियन गेम्समा आशा गरिएको खेलका रूपमा हेरिएको छ ।

गत संस्करणमा ऐतिहासिक पदक र पछिल्ला समय नेपाली खेलकुदमा एकपछि अर्को सफलताको कारण नै नेपालका कराते खेलबाट आशा गरिनु स्वाभाविक पनि हो । १९औं एशियाली खेलकुद नेपालकी कराते खेलाडी एरिका गुरुङले एशियन गेम्समा ऐतिहासिक रजत पदक जितेकी थिइन् ।

एशियन च्याम्पियनसिप, विश्व च्याम्पियनसिप र प्रिमियर लिगमा पनि उनले कुमुतेमा राम्रो नतिजा दिँदै आएकी छन् । यसपल्ट कुमुतसँगै काताबाट पनि धेरै आशा गरिएको छ । आगामी सेप्टेम्बर १९ तारिखदेखि जापानमा शुरु हुने एशियन गेम्समा कातातर्पm नेपालले दुई वटा विधामा प्रतिस्पर्धा गर्दैछ । महिला टिम काता र एकल कातातर्पm नेपालको चुनौती रहने नेपाली राष्ट्रिय कराते टोलीका काता प्रशिक्षक मण्डेकाजी श्रेष्ठ बताउँछन् ।

व्यक्तिगत काता सानुमाया थिङ र टिम कातामा उनीसँगै मेघा लिम्बू र एलिसा रास्कोटी मगरले चुनौती दिँदैछिन् । नेपालले पहिलोपल्ट महिला टिम कातामा प्रतिस्पर्धा गर्न लागेको हो । यो विधामा नेपालले तयारी गरेको धेरै भएको छैन । तर छोटो समयमा पनि यस विधामा नेपालले राम्रो गर्न काता प्रशिक्षक मण्डेकाजी बताउँछन् ।

मिसन २०२६ तीन वर्षदेखि एकल कातामा नेपालले तयारी गरिरहेको थियो । तर, एसियन गेम्समा कुल १७ विधामध्ये एउटा देशले आठ वटामा मात्र सहभागिता जनाउन पाउने भएपछि पुरुषतर्पm एकल काताको स्थानमा महिला टिम काता समावेश गरिएको छ । तर छोटो समयमा पनि टिम काताका खेलाडीले राम्रो गरिरहेको प्रशिक्षक मण्डेकाजीको विश्वास छ ।

जापानको आइचीरनागोयामा हुने २०औं एशियाली खेलकुदमा नेपालबाट २२ खेलमा १ सय ३६ खेलाडीले सहभागिता जनाउँदैछन् । ८० पुरुष र ५६ महिला गरी १ सय ३६ खेलाडी सहभागी हुने तयारी छ । प्रशिक्षक संख्या ३२ रहेको छ । पहिलोपल्ट तीन वर्षदेखि एसियन गेम्सका लागि तयारी भएकाले पनि राम्रो नतिजा आउने आशा छ । प्रशिक्षक मण्डेकाजीले पनि १९ औं एशियाली खेलकुदमा रजत पदक जितेकी एरिका गुरुङल स्वर्ण पदकको लक्ष्यसहित अगाडि बढिरहँदा कातामा पनि पदक जित्ने लक्ष्य लिँदै प्रशिक्षण गरिरहेको बताउँछन् । अन्तिम छनोट सकेर अहिले कुल सात विधामा एशियन गेम्समा चुनौती दिने उनले जानकारी दिए ।

टिम कातामा पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेको नेपाली टोलीमा म्याच एक्सपोजरमा अनुभव कमि थियो । त्यसैले नेपाल कराते महासंघले टिम महिला कातालाई बंगलादेशमा भएको दशौं दक्षिण एशियाली टिम कातामा सहभागी गराएको थियो । १५/२० दिनको प्रशिक्षणमा पनि नेपाली टोलीले स्वर्ण पदक जित्न सफल हुँदा आफू थप उत्साहित भएको प्रशिक्षक मण्डेकाजीको भनाइ छ । करातेको पावर हाउस जापान हो । यसपल्ट त्यही एशियन गेम्स हुँदैछ । जापानमा केही अगाडिदेखि तयारी गर्न पाए अझ राम्रो हुने प्रशिक्षकको विश्वास छ । कराते महासंघले पनि केही अगाडि नै जापान लगेर खेलाडीलाई त्यहाँको मौसमसँग अभ्यस्त बनाउने तयारी गरिरहेको उनको भनाइ छ ।

एशियन गेम्सका करातेमा तीन पुरुष र पाँच महिला खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । महिला खेलाडीले राम्रो नतिजा पनि दिँदै आएका छन् । अब एशियन गेम्स आउन धेरै समय बाँकी छैन । त्यसैले समयमा खेलाडीहरूलाई आवश्यक खेल सामाग्री उपलब्ध गराउनुपर्ने प्रशिक्षक मण्डेकाजी बताउँछन् । सबै खेलाडी खेल सामाग्री किन्न नसक्ने अवस्था रहेकाले समयमा नै पर्याप्त सामग्री उपलब्ध गराउने उनले आग्रह गरेका छन् । यद्यपि, राष्ट्रिय खेलकुद परिषद्ले क्लोज क्याम्प सुरु गरेर त्यहीअनुरूप राम्रो डाइट दिँदै आउनुले खेलाडीको हौसला बढेका बताए ।

गत एसियाडमा नेपालले जितेका दुई वटा पदक नै महिला खेलाडीले दिलाएका हुन् । महिला कबड्डी टोलीले कांस्य जितेको थियो । करातेको काता टोलीले पनि त्यो इतिहास बनाउन धेरै मिहेनत गर्ने उनीहरू बताउँछन् । काता टिमकी सदस्य मेगा लिम्बूले हरेक दिन सुधार गर्ने लक्ष्यसहित प्रशिक्षण गरिरहेकी बताइन् । बंगलादेशमा भएको दक्षिण एशियाली च्याम्पियनसिपबाट खेलाडीमा थप प्रोत्साहित भएको उनी बताउँछिन् । खेल अगाडि जापानमा नै प्रशिक्षण गर्न पाए टोलीलाई थप मद्दत पुग्ने उनको विश्वास छ ।

गत वर्ष नेपालकी काता खेलाडी सानुमाया थिङले एसियन च्याम्पियनसिपमा राम्रो प्रदर्शन गरिन् । उनले कांस्य पदकसम्म प्रतिष्पर्धा गरेकी थिइन् । त्यही प्रदर्शनको आधारमा उनी विश्व च्याम्पियनसिपमा छनोट भएकी थिइन् । अहिले उनै सानुमायासहित खेलाडी एसियन गेम्सको तयारीमा जुटेको छ । उनले तीन वर्षदेखि नै आफूहरूले तयारी गरिरहेको र तयारी नजिक आएकाले सुधार हुँदै गएको बताइन् । एरिका गुरुङले एसियन गेम्समा पदक जितिसकेको र त्यो नतिजाले प्रोत्साहन मिल्ने उनको विश्वास छ । सानुमायाले पनि दक्षिण एसियाली च्याम्पियनसिपबाट धेरै एक्सपोजर पाएको पनि बताइन् । त्यहाँको प्रदर्शनभन्दा एसियन गेम्समा सुधार गर्ने आशा व्यक्त गरेकी छन् ।

कुमुतेतर्पm कुशल श्रेष्ठको प्रशिक्षणमा सातदोबाटोमा प्रशिक्षण भइरहेको छ । जहाँ एरिका गुरुङले स्वर्ण पदक जित्ने लक्ष्यसहित तयारी गरिरहेकी छन् । २० औं एसियाड असोज ३ गतेदेखि शुरु हुँदै छ । गत संस्करण पदक दिलाएको नेपाली कराते र महिला कबड्डी दुवै सहभागिता हुँदैछन् । लामो समयदेखिको तयारी र पछिल्ला नतिजाका कारण यसपल्ट सुखद् नतिजा आउने आशा छ । नेपालबाट आर्चरीमा १र१ पुरुषरमहिला, एथलेटिक्समा ४ पुरुष र २ महिला, ब्याडमिन्टनमा २र२ पुरुषरमहिला, बक्सिङमा ४ पुरुष र ३ महिला, क्यानोइ स्लालममा २ पुरुष, पुरुष क्रिकेट १५, साइक्लिङमा १–१ पुरुषरमहिला तथा डान्स एन्ड स्पोर्ट्समा १ पुरुष खेलाडी सहभागी हुने छन् ।

त्यस्तै गल्फमा ३ पुरुष र १ महिला, जुडोमा ३र३ पुरुष/महिला, कबड्डीमा १२–१२ पुरुषरमहिला,स्केटबोर्डमा २ पुरुष, सफ्ट टेनिसमा ३ पुरुष र १ महिला, स्क्वासमा १र१ पुरुषरमहिला, पौडीमा ३ पुरुष र २ महिला, टेबलटेनिसमा ३र३ पुरुषरमहिला, तेक्वान्दोमा २ पुरुष, टेनिसमा ३ पुरुष र २ महिला, महिला भलिबलमा १२, कुस्तीमा ४ पुरुष र २ महिला तथा उसुमा ८ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रश्तुत गर्ने छन् ।