काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ सम्म सञ्चालन हुने जनाएकाे हाे।एनपीएल पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्स र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।
प्रतियोगिताका लागि अक्सन समेत भइसकेको छ । आठै फ्रेन्चाइज टिमले विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम समेत शुरु गरेको हाे ।









प्रतिक्रिया दिनुहोस्