Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


टोटनह्याम एफए कपको चौथो चरणमा


0
Shares

काठमाडौं । टोटनह्याम एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

शनिबार राति पोर्ट्समाउथलाई १–० ले हराउँदै टोटनह्याम चौथो चरणमा प्रवेश गरेको हो ।

टोटनह्यामका लागि ह्यारी केनले निर्णायक गोल गरे । उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए ।

एफ.ए कप फुटबलकै अन्य खेलहरुमा क्रिष्टल प्यालेसलाई २–१ ले हराउँदै साउथह्याम्पटन, गिलिङ्घमलाई १–० ले हराउँदै लेस्टर सिटी, हल सिटीलाई २–० ले हराउँदै फुल्हम, बर्नमाउथलाई ४–२ ले हराउँदै बर्न्ले तथा नटिङ्घम फरेष्टलाई ४–१ ले हराउँदै ब्ल्याकपुल पनि चौथो चरणमा उक्लिएका छन् ।

यसैगरि रिडिङले वाट्फोर्डलाई २–० ले हराउँदा प्रेस्टनले हडर्सफिल्ड टाउनलाई ३–१ ले पाखा लगायो ।