काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२७ मा बिहीबार बेलुका गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।
ढुङ्गा बोकेको ग १ त ५२९२ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय २९ वर्षीय दिपक परियारको मृत्यु भएको हो ।
ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा पश्चिम क्षेत्रिय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्