१५ फाल्गुन २०८०, मंगलबार | Tue Feb 27 2024


चोलेन्द्रलाई रोक्न नेपाल बारले आज पनि सर्वोच्चमा धर्ना दिने


104
Shares

काठमाडौं । नेपाल बार एशोसियसनले आज (शुक्रबार) पनि सर्वोच्च अदालतको मूलद्वारमा धर्ना दिने भएको छ ।

निलम्वित अवस्थाका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कुनै पनि बेला सर्वोच्चमा प्रवेश गर्ने आशंकामा बारले धर्ना दिन लागेको हो । संसद सचिवालयले प्रधानन्यायाधीश जबरा विरुद्धको महाभियोग निस्क्रिय भएको निर्णय गरेपछि बुधबार राणाले आफू कार्यालय जाने बताउनुभएको थियो ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय, संवैधानिक परिषद्, न्यायपरिषद् र जबरालाई पत्र पठाउनु भएको थियो । सोही पत्रका आधारमा जबराले आफू सर्वोच्च फर्कन पाउनु पर्ने अडानमा हुनुहुन्छ । तर बार एशोसियसन र सर्वोच्चका न्यायाधीशहरु भने जबरालाई छिर्न नदिने अडानमा रहेका छन् ।

उता, जबरा विरुद्धको महाअभियोग निस्क्रिय भईसकेको भन्ने संसद सचिवालयको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्चमा शुक्रबार सुनुवाई पनि हुने भएकाे छ । सर्वोच्च अदालत बार एशाेसिएसनका पदाधिकारीहरूले दायर गरेको रिटको सुनुवाई संवैधानिक इजलासमा हुने छ ।

संसद सचिवालयका महासचिव गौतमले महाअभियोग निस्क्रिय भएको निर्णय गरेर क्षेत्राधिकार उल्लंघन गरेको दावी गर्दै बारका पदाधिकारीहरूले रिट दायर गरेका थिए ।