२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


तारा एयरको जहाज ठुलाे दुर्घटनाबाट जाेगियाे


4.641k
Shares

हुम्ला । हुम्लामा तारा एयरको जहाजमा ठुलाे दुर्घटना जाेगिएकाे छ ।

नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाज चराबाट ठोक्किदा ठुलाे दुर्घटना जाेगिएकाे हाे ।

दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ ।

अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चिल ठोक्किएको तारा एयरले जनाएकाे छ ।

जहाजमा सवार चालक दलका सबै सदस्य सिमकोट विमानस्थल अवतरण गरेका छन् ।