महोत्तरी-१ बाट गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


महोत्तरी-१ बाट गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी


845
Shares

काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का लक्ष्मी महतो कोइरी विजयी हुनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेललाई १ हजार ३० को मतान्तरले पराजित गर्दै एमालेका उहाँ विजयी हुनुभएको हो ।

महतो २३ हजार ४०२ मत ल्याउनु भई विजयी हुनुभएको हो । पोखरेलले २२ हजार ३७२ मत मात्र प्राप्त गर्नुभयो । यस्तै, स्वतन्त्र उम्मेदवार पोषणबहादुर थापाले ७ हजार ८१२ मत प्राप्त गर्नुभयो ।

२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट पोखरेल विजयी हुनुभएको थियो ।