सप्तरी–४ बाट कांग्रेसका तेजुलाल चौधरी विजयी « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


सप्तरी–४ बाट कांग्रेसका तेजुलाल चौधरी विजयी


247
Shares

काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार बालकिशोर यादवलाई पराजित गरी चौधरी तेस्रोपटक यो क्षेत्रबाट विजयी हुनुभएको हो ।

चौधरी २३ हजार ४९१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी जसपाका यादवले १७ हजार ८७७ मत पाउनुभयो ।

चौधरी २०७० को संविधानसभा सदस्यमा र २०७४ को निर्वाचनमा विजयी हुनुभएको थियो ।