Logo १६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026


समानुपातिकतर्फ एमालेले कटायो १७ लाख


5.7k
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगले पछिल्लो मतपरिणाम अनुसार एमालेले १७ लाख २७ हजार ७०७ मत प्राप्त गरेको छ । त्यसैगरी, नेपाली कांग्रेसले १६ लाख ५२ हजार ८९० मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ५२ हजार तीन सय मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले सात लाख २९ हजार ८७८ मत प्राप्त गरेको छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख ८८ हजार ५४०, जनता समाजवादी पार्टी (जसपा) ले दुई लाख चार हजार सात सय २४, नेकपा (एकीकृत समाजवादी) ले एक लाख ५० हजार ६२८ र नागरिक उन्मुक्ति पार्टीले एक लाख लाख ३३ हजार पाँच सय चार मत प्राप्त गरेका छन् ।