प्रतिस्पर्धी नै प्रधानमन्त्री देउवालाई माला लिएर स्वागत गर्न बसे लाइनमा « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


प्रतिस्पर्धी नै प्रधानमन्त्री देउवालाई माला लिएर स्वागत गर्न बसे लाइनमा


6.084k
Shares

डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको स्वागत गर्न मालासहित लाइनमा बस्नु भएकाे छ ।

चुनावी प्रचारप्रसारका क्रममा बिहीबार डडेल्धुरा पुगेका देउवालाई स्वागत गर्न उनकै प्रतिस्पर्धी ढकाल माला लिएर लाइनमा बसेका हुन् ।

ढकालले यसपटक देउवालाई स–सम्मान बिदा गर्न भन्दै आफूले उनीविरुद्ध उम्मेदवारी दिएको बताउनु भएकाे छ । कतिसम्म भने उनले देउवालाई पराजित गरे दुई दिनसम्म उपवास बस्ने वाचासमेत गरेका छन् ।

पछिल्लो समय उनी डडेल्धुरामा घरघर पुगेर भोट मागिरहेका छन् । मतदाताले आफूलाई भव्य स्वागत गरेको र आफूले जित्ने बताउँदै आएका छन् । तर देउवालाई हराउन मैदानमा उत्रिएका ढकाल उनकै स्वागतमा फुलमाला लिएर लाइनमा बसेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले आफूले देउवालाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न लाइनमा बसेको प्रतिक्रिया दिएका छन् ।