
काठमाडौं, असार ३ । अधिवक्ता एकराज भण्डारीले बेपत्ता पारिएका नागरिकहरु सम्बन्धी ऐन कानुन प्रभावकारी नभएको बताएका छन् ।
बेपत्ता पारिएका नागरिकहरुको अवस्था सार्वजनिक गर्ने सम्बन्धमा आज राजधानीमा गरिएको कार्यक्रममा उनले सरकार र राजनीतिक दलहरुमा बेपत्ता नागरिकहरुको छानविन गर्ने इच्छाशक्ति नरहेको आरोप लगाए ।
राष्ट्रिय मानवअधिकार आयोगले पनि यो विषयमा प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो पनि उनले गरे ।
अधिवक्ता भण्डारीका छोरा विपिन भण्डारी समेत राज्यबाट बेपत्ता पारिएका छन् ।
प्रतिक्रिया दिनुहोस्