Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


पोखराको पृथ्वीचोकमा नवनिर्मित ‘कोसेली घर’ काे उद्घाटन

स्थानीय स्तरमा उत्पादित मौलिक सामग्रीको विक्री वितरणका लागि साझा थलो बन्ने प्रमुख आचार्यकाे विश्वास

0
Shares

काठमाडाैं । पोखरा महानगरपालिका-९, पृथ्वीचोकमा नवनिर्मित ‘कोसेली घर’को औपचारिक रुपमा उद्घाटन गरिएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रबार आयोजित एक समारोहका बीच उक्त कोसेली घरको समुद्घाटन गर्नुभएकाे हाे । महानगरपालिकाको सक्रियतामा निर्माण गरिएको यस कोसेली घरको सञ्चालनले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आचार्यले स्थानीय स्तरमा उत्पादित मौलिक सामग्रीहरूको प्रदर्शन तथा विक्री वितरणका लागि यो एउटा साझा थलो बन्ने बताउनुभयो । विशेषगरी पोखरा भ्रमणमा आउने पर्यटकहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस कोसेली घरले स्थानीय हस्तकला र घरेलु उत्पादनहरूलाई प्रोत्साहन दिने उद्देश्य राखेको छ ।