पश्चिम तराईमा अविरल वर्षाका कारण जनजीवन प्रभावित « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Tue Nov 29 2022


पश्चिम तराईमा अविरल वर्षाका कारण जनजीवन प्रभावित

बस्तीमा डुबान हुने जाेखिम

91
Shares

काठमाडौं । पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित भउकाे छ ।

पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरुमा केही दिन यता भइरहेको वर्षाका कारण बस्तीमा डुबान हुनसक्ने अवस्था सिर्जना भएको हो । वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भू-भाग डुबान हुने जोखिम देखिएको हो ।

गत मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण महानपर्व बडा दशैं पनि राम्रोसँग मनाउन नसकेको स्थानीयहरु बताउँछन् । देशभर नै वर्षाका कारण आफन्त, इष्टमित्र, मान्यजनको हातको टीका थाप्न र आशिर्वाद लिन कठिनाइ भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज शुक्रबार राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदलि रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। ३ दिनदेखि परेको लगातारकाे वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध हुँदा दशैं मनाउन गाउँ गएकाहरु शहर फर्किन पाएका छैनन् ।

गाउँमै दशैंको टीका ग्रहण गर्न पनि आफन्तहरुकोमा जान समेत सकेका छैनन् ।