दाङमा बस दुर्घटना : पाँचकाे अवस्था गम्भीर, ४२ जना घाइते « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


दाङमा बस दुर्घटना : पाँचकाे अवस्था गम्भीर, ४२ जना घाइते


2.379k
Shares

दाङ । दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् ।

घाेराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १८ ४५ नम्बरको बस घोराही उपमहानगरपालिका–३ चौपट्टामा दुर्घटना भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ओरालोमा बस अनियन्त्रित भई पल्टिँदा घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता राजनकुमार गौतमले गम्भीर घाइते लमही नगरपालिका–८ बस्ने २६ वर्षका दीपककुमार चौधरीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको बताउनुभयाे ।

उनका अनुसार अन्य घाइतेको दाङकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गाडीको ब्रेक फेल भई भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।