बाल यौन दुर्व्यवहार आरोपमा एक जना पक्राउ « Imagekhabar – Online News Portal of Nepal
१७ मंसिर २०७९, शनिबार | Sun Dec 4 2022


बाल यौन दुर्व्यवहार आरोपमा एक जना पक्राउ


104
Shares

मोरङ । सात वर्षीया बालिकामाथि बाल यौन दुर्व्यवहार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका-२ बुधबारे बस्ने २१ वर्षीय विशाल रम्तेल रहेका छन्।

मादक पदार्थ सेवन गरेका विशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुर्व्यवहार गरेको थिए । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियाे ।

प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।