कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द


195
Shares

हेटौडा । कोइला अभावमा हेटौडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । कोइला अभाव भएपछि बन्द भएकाे हेटौंडा सिमेन्ट उद्योग दशैँपछि मात्र सञ्चालनमा आउने बताइएकाे छ । उद्योगले दसैँसम्ममा सिमेन्ट उत्पादनका लागि आवश्यक कोइला आयात गर्ने र उद्योग सञ्चालन गर्ने तयारी गरेको छ ।

कोइला अभावका कारण झण्डै डेढ महिनादेखि उद्योगको उत्पादनमा कमी हुँदै आएको छ । आगामी २ सातामा उद्योग सञ्चालनको लागि आवश्यक मात्रामा कोइलाको व्यवस्थापन गरिने बताइएकाे छ । दशैँ लगत्तै उद्योग सञ्चालन गरिने उद्योगका प्रवक्ता अशोक गौतमले जानकारी दिनुभयो ।

विभिन्न समस्या भोग्दै आएको उद्योगले पछिल्लो समय कोइला अभावका कारण उत्पादनलाई नियमित गर्न सकेको छैन् । लगातारको वर्षाका कारण उद्योग सञ्चालनका लागि आवश्यक कोइला आपूर्ति हुन नसक्दा उद्योग नै ठप्प हुन पुगेको हो ।

केही दिनमै पर्याप्त कोइला आउने र उद्योग सञ्चालन हुने प्रवक्ता गौतमले बताउनुभयो । उद्योग सञ्चालनका लागि मासिक ३ हजार टन कोइला आवश्यक पर्छ ।