सरकारी ‘डाटा रिकभरी सेन्टर’मा आगलागी « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Fri Dec 9 2022


सरकारी ‘डाटा रिकभरी सेन्टर’मा आगलागी


4.004k
Shares

काठमाडौं । हेटौंडा-४ को हुप्रचौरमा रहेको सरकारी डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर)मा आगलागी भएको छ ।

सरकारी सूचनाहरु ‘ब्याक-अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगो निभाउन हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन भएको प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता रामचन्द्र घिमिरेले आगलागी नियन्त्रण गर्न प्रयास भइरहेकाे बताउनुभयाे । आगलागी कारण र क्षतिबारे भने अहिले खुलेकाे छैन ।