Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


‘जनतासँग नेपाली काँग्रेस’ अभियान स्याङ्जामा पनि सुरु


104
Shares

स्याङ्जा । नेपाली काग्रेस ‘जनतासँग नेपाली काँग्रेस’ अभियान भाद्र १० देखि २४ सम्म सञ्चालन हुने कार्यक्रमको स्याङ्जा पनि सुरु भएको छ ।

नेपाली काँग्रेस स्याङ्जाले संघिय तथा प्रादेशिक निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान संचालन गर्ने भएको हो।

जिल्लाका ११ वटै स्थानिय तह र ९७ वटै वडा र टोल सम्म पुग्ने गरी अभियान संचालन गर्न लागेको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ।

भदौ १० देखि सुरु भइ २४ गतेसम्म सञ्चालन हुने अभियानका बारेमा जानकारी गराउदै जिल्ला सभापति राजु थापाले स्याङ्जाका २ वटा संघ र ४ वटा प्रदेशमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउनेगरी सबै जना लाग्नु पर्ने बताउनुभयो ।

अभियानका लागि नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, सांसद महोन पाण्डे स्याङ्जा आइपुग्नु भएको छ ।

स्याङ्जा स्थित पार्टी कार्यालयमा कांग्रेसका जिल्ला, क्षेत्र, महासमिति, माहाधिवेशन प्रतिनिधीबीच छलफल गरि आजबाट अभियानका सञ्चालन गरिएको सभापति राजु थापाले जानकारी गराउनुभयो ।

अभियानमा तल्लो तहका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गर्नुका साथै प्रशिक्षणका कार्यक्रम संचालन गरिने नेपाली काङ्ग्रेस स्याङ्जा सभापति राजु थापाले जानकारी दिनुभयो ।