५ असार २०८१, बुधबार | Wed Jun 19 2024


नेपाली फिल्म ‘प्रेमगीत ३’काे हिन्दी संस्करणका चार गीत रिलिज


9.776k
Shares

काठमाडौं । सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङको संयुक्त निर्देशन बनेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणका चार गीत रिलिज भएका छन् ।

जी म्युजिकले सार्वजनिक गरेको फिल्मका गीतहरुमा जुबिन नौटियाल, राहत फतेह अली खान, पलक मुछल, अंकित तिवारी र देव नेगीले स्वर दिएका छन् ।

‘कोही ना कोही नाता हे’मा जुबिनको स्वर र पवनदीप राजनको संगीत छ । ‘जहाँ भी जाओ ए सनम बस तु ही तु’ गीतमा खानले स्वर दिएका छन् । ‘तुम प्यार हो’ गीतमा पलक र अंकितको स्वर छ भने ‘मुझे में बस जाना’मा पलक र देवको स्वर छ ।

फिल्म असोज ७ गते नेपाली र हिन्दी भाषामा एकै साथ नेपाल र भारतसहितका देशमा रिलिज हुँदैछ ।