काठमाडौंमा सार्वजनिक शौचालयको स्वरूप फेरिंदै « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


काठमाडौंमा सार्वजनिक शौचालयको स्वरूप फेरिंदै


3.653k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक शौचालयको स्वरूप फेरिंदै गएकाे छ ।

उपत्यकामा रहेका सार्वजनिक शौचालयको स्वरूप कस्तो कल्पना गर्नुहुन्छ ? न सफासुग्घर, न पानीको व्यवस्था, उल्टै रोगको संक्रमण बढ्ने एउटा अव्यवस्थित संरचना रहेकाे छ । अब त्यसो होइन, सार्वजनिक शौचालय लोभ लाग्दा बन्न थालेका छन् । ती शौचालय प्रयोग गरेपछि तपाईंमा बेग्लै ताजगी आउने देखिएकाे छ ।

सार्वजनिक शौचालय व्यवस्थित गर्ने नाममा वर्षौंदेखि माथापच्च चलिरहेको छ । स्थानीय निकायमा उठ्ने धेरै प्रत्यासीहरूले यही विषयलाई भोट माग्ने अस्त्र बनाए । यति हुँदाहुँदै पनि न शौचालय सुध्रियो, न भोट माग्नेहरूले आफूलाई रुपान्तरण गरे ।

आम बुझाई कस्तो छ भने सार्वजनिक शौचालय भन्ने वित्तिकै आपत्कालिन अवस्था बाहेक अरूबेला उपयोगमा आउँदैन । न यसको निर्माणपछि सञ्चालनको विधि प्रक्रियामै कसैको ध्यान पुगेको छ । बनाएपछि आफै चल्छ भन्ने सोचका कारण शौचालयले वातावरण र जनस्वास्थ्यमा धेरै नकारात्मक असर पारिरहेको छ । एरोशान हव शौचालयले काठमाडौं र ललितपुर महानगरको सहकार्यमा विगत ३ वर्षदेखि शौचालय निर्माणमा उल्लेखनीय परिर्वतन ल्याएको छ ।

संस्थाले उपत्यकामा ७ वटा सुविधा सम्पन्न आधुनिक शौचालय संचालनमा ल्याएको छ । यतिमात्र हैन यी शौचालय महिलामैत्री अपांगमैत्री ,वातावरणमैत्री तथा समुदायमा आधारित छन् । यहाँबाट निस्किएका मानज मलमुत्र खोला नालामा फालिर्दैन, यसलाई शौचालयमा व्यवस्थापन गरी वायोग्यासमा उत्पादन गरिन्छ । त्यही ग्याँसको प्रयोगले नास्ता बनाउने गरिएको छ ।

त्यसैगरी आकाशे पानी संकलन गरी दैनिक १ हजार लिटर फोहाेर पानी प्रशोधन गर्ने क्षमता भएको प्रविधि जडान गरिएको छ । देख्दा कुनै पाँच तारे होटलको शौचालय भन्दा कम छैनन् यी शौचालय । यसले वातावरण संरक्षणा दिगो योगदान गर्ने अभियन्ताहरुको भनाइ छ ।

उपत्यकामा अहिले २ सय ४१ वटा सार्वजनिक शौचालय छन् । त्यस्तै शौचालय यहाँ मात्र हैन, देशव्यापी बनाउन जरूरी छ ।