 
	    काठमाडौं । अभिनेत्री आँचल शर्मा अभिनित फिल्म ‘वर एण्ड वधु’ को छायांकन युरोपेली मुलुक रोमानियामा हुँदैछ ।
रोमानियामा विभिन्न ठाउँमा फिल्म ‘वर एण्ड वधु’ को छायाँकन केही दिनदेखि भइरहेको छ । निर्देशक मिलन चाम्सद्वारा निर्देशित उक्त फिल्मको छायांकन र अभिनेत्री आँचलको रोमानियाको राष्ट्रिय टेलिभिजनमा समेत चर्चा भएको छ । साथै, चलचित्रको टिमसँगै आँचलले रोमानिया टिभीमा अन्तरवार्ता समेत दिएकी थिइन् ।
रोमानियामा आँचल र नव-नायक विवेक कर्माचार्य फिल्मको छायंकनमा व्यस्त छन् । फिल्ममा दुबै रोमान्टिक मुडमा देखिएका छन् ।
‘नेपाली चलचित्र ‘वर एण्ड वधु’ रोमनियाको टेलीभिजनमा’ भन्दै निर्देशक चाम्सले रोमानियाको राष्ट्रिय टेलिभिजनमा प्रशारीत भिडियोलाई सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
आगामी चैत वा बैशाखमा प्रदर्शन तयारी रहेको फिल्म एलआरके इन्टरटेनमेन्टको ब्यानरमा तयार पारिएको हो । सुदीप बरालको छायाङ्कन रहेको फिल्मका कार्यकारी निर्माता डा. अमित रिजाल हुन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्