काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा पहिरो जाँदा आरोहणमा गएका १० जना सम्पर्कविहीन भएको आशंका गरिएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासनले हेलिकप्टर परिचालन गरेको छ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक विनोद बोहराका अनुसार प्रभु हेलिकप्टरमार्फत चार जना उद्धारकर्मीलाई पहिरो प्रभावित क्षेत्रमा पठाइएको छ । थप तीन जना उद्धारकर्मीलाई कैलाश हेलिकप्टरमार्फत घटनास्थलतर्फ पठाउने तयारी भइरहेको उनले जानकारी दिनुभयाे ।
पहिरोपछि आरोहणमा गएका १० जनासँग सम्पर्क हुन नसकेको भए पनि घटनाबारे यकिन विवरण भने प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्