आरजु र चौथाइवालेबीच दिल्लीमा भेट « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


आरजु र चौथाइवालेबीच दिल्लीमा भेट


416
Shares

काठमाडौं । तीन सातादेखि भारतको नयाँदिल्लीमा रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेट भएको छ ।

चौथाइवालेले बुधबार आरजुसँग भेट गर्नुभएको हो । सामाजिक सञ्जालमा पोष्ट गर्दै उहाँले लेख्नुभएको छ, ‘६ महिनापछि दिल्लीमा आरजु राणा देउवालाई भेट्दा खुसी लागेको छ ।’

चौथाइवाले गतवर्ष नेपाल आउँदा आरजुले राखी बाँधिदिएकी थिइन् ।

केही दिनअघि आरजुको पाठेघरको शल्यक्रिया गरिएको थियो ।