भारतमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु २० जना घाइते « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


भारतमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु २० जना घाइते


234
Shares

काठमाडौं । भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

आज (सोमबार) बिहान भएको दुर्घटनामा २० जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि लखनउमा लगिएको भारतीय संचार माध्यमले जनाएका छन् ।

भारतको बिहारबाट दिल्ली जाँदै गरेको बस एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो । चालकको लापरबाहीका कारण दुर्घटना भएको आशंकामा अनुसन्धान थालिएको छ ।

भारतमा अधिकांश पुराना सवारी साधन र मर्मत सम्भार नगरिएकाे र सडक लगायतका कारण भारतमा सवारी दुर्घटना हुने गरेका छन् ।