
एजेन्सी । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले अन्तरिम राष्ट्रपतिको शपथ लिनुभएको छ ।
प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष प्रधानमन्त्री विक्रमासिंघेलाई अन्तरिम राष्ट्रपतिका रूपमा शपथग्रहण गराउनुभएको हो ।
अन्तरिम राष्ट्रपतिमा नियुक्त हुनेबित्तिकै उहाँले दुई महत्त्वपूर्ण निर्णय गर्नुभएको छ । उहाँले राष्ट्रपतिको लागि महामहिम शब्दको प्रयोगमा प्रतिबन्ध लगाउनुका साथै राष्ट्रपतिको झण्डालाई निरस्त गर्नुभएको छ ।
राष्ट्रपति गोटाबाय राजापाक्षेले सिंगापुर पुगेर ईमेलमार्फत पदबाट राजीनामा दिएसँगै विक्रमासिंघे श्रीलंकाका लागि अन्तरिम राष्ट्रपति नियु्क्त हुनुभएको थियो ।
शुक्रबार विहान बसेको पार्टीका नेता तथा कार्यसमितिको बैठकले राष्ट्रपति निर्वाचन ऐनबमोजिम जुुलाई १९ मा राष्ट्रपतिको उम्मेदवारी मनोनयन र जुलाई २० मा मतदान गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्