Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


राष्ट्रिय परीक्षा बोर्डद्रवारा कक्षा १२ को नतिजा सार्वजनिक (विज्ञप्तिसहित)

नियमिततर्फ ६९ दशमलव ७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण

26
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेकाे छ ।

बोर्डको शुक्रबार बिहान बसेको बैठकले साेही नतिजा सार्वजनिक गरेको जनाएकाे हाे । परीक्षामा ४ लाख १८ हजार १ सय ७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । नियमिततर्फ परीक्षामा सहभागी कूल ३ लाख ३२ हजार २ सय ४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७ सय ७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका हुन् ।

कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो । परीक्षाको मर्यादा विपरीत कार्य गर्ने कूल ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। जसमा नियमिततर्फका ३० जना र आंशिकतर्फका १० जना रहेका छन्। 


विद्यार्थीहरूले विभिन्न माध्यमबाट आफ्नो नतिजा हेर्न सक्नेछन्: