काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडा नलैजाने « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडा नलैजाने


3.536k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर लैजान दुई दिन रोकिने भएको छ ।

बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्नुपर्ने भएकोले मंगलबार र बुधबार काठमाडौंको फोहोर नलैजान महानगरपालिकाले जनाएको छ ।

फोहोर संकलनमा भने खासै समस्मा नहुने महानगरले जनाएको छ । काठमाडौं महानगरका अनुसार हरेक दिन ३ सय ट्रक फोहोर बञ्चरेडाँडामा खसाल्न सुरु भएता पनि वर्षाले गर्दा बाटो बिग्रँदा १ सय ट्रक फोहोर भन्दा धेरै ल्यान्डफिल्ड साइट लैजान नसक्ने स्थिति देखिएको छैन् ।

बिहीबारदेखि महानगरको फोहोर नियमित रुपमा फेरि बञ्चरेडाँडा जाने महानगरले जनाएको छ ।